वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

माछापुच्छ्रे बैंकको नाफा ४२ प्रतिशतले बढ्यो

अर्थटुडे
२०७३ माघ २७, बिहीबार

काठमाडौं । माछापुच्छ्रे बैंकले जगेडा कोष ६८ प्रतिशतले बृद्धि गरेको छ । बैंकले जगेडा कोषमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा दुई अर्व ४२ करोड रुपैयाँ राखेको छ ।

गत वर्षको सोही अवधिमा जगेडाकोष एक अर्व ४४ करोड रहेको थियो ।
त्यस्तै बैंकले निष्कृय कर्जा पनि १८ प्रतिशले घटाएको छ भने बैंकको प्रतिसेयर आम्दानी २४.६६ रुपैयाँ रहेको छ ।

त्यस्तै बैकले दोस्रो त्रैमासमा ५७ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले व्याज आम्दानी र विदेशीमुद्रा संञ्चितिबाट नाफा कमाएको छ । बैंकले यसअवधिमा ५८ अर्व २४ करोड रुपैयाँ निक्षेप संकलन गरको छ भने ५१ करोड ८५ लाख रुपैयाँ कर्जा प्रबाह गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ