काठमाडौं एनआइसी एसिया बैंकले स्पष्टीकरण बुझाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) र नेपाल धितोपत्र बोर्ड लाई विहिबार बैंकले तीन दिने टेन्डरमार्फत बिक्री गर्न लागेको सेयरको बारेमा स्पष्टीकरण बुझाएको छ ।
बैंकले स्टक एक्सचेन्जलाई दिएको स्पष्टीकरणमा म्युचुअल फन्ड र सेयरहरू सम्भावित खरिदकर्ताको पहिचान गरी प्रचलित धितोपत्र बजारको प्रणालीभित्रै रहेर कारोबार गर्ने उद्देश्यले मात्र सार्वजनिक सूचना निकालिएको दाबी गरेको छ ।
सार्वजनिक सूचना निकाल्दा केही प्राविधिक र प्रक्रियागत त्रुटि हुन गएको पनि बैंकले दाबी गरेको छ ।
प्रक्रियागत गल्ती भएकाले टेन्डरमार्फत बिक्री गर्न लागिएको म्युचुअल फन्ड र सेयर बिक्री कार्य रद्द गरिएको पनि बैंकले जनाएको छ । यसअघि सेयर बजारलाई प्रभाव पार्ने गरी सेयर लिलामीको सुचना जारी गरिएको र सो सेयर दोस्रो बजारबाट नै विक्रि गर्नुपर्ने प्राबधान रहेको भन्दै एनआइसी एसियाको नाममा बोर्डले स्पष्टीकरण सोधेको थियो ।
प्रतिक्रिया