वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल एसबिआइ बैंकको २९.५३ प्रतिशत लाभांस पारित

अर्थटुडे
२०७३ माघ २७, बिहीबार

 

काठमाडौं । नेपाल एसबिआई बैंकले २९.५३ प्रतिशत लाभांस दिने भएको छ । विहिबार बैंकको २३ औ बार्षिक साधारणसभाले सञ्चालक समितिको २९.५३ प्रतिशत लाभांस दिने प्रस्ताव पारित गरेको हो । बैंकले २८ प्रतिशत बोनस सेयर र १.५३ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांस दिने छ ।

बैंकले आर्थिक वर्ष २०७२÷७३ मा १ अर्व ३३ रुपैयाँ खुद मुनाफा कमाएको छ । त्यस्तै बैंकको साधारणसभाले ७० प्रतिशत संस्थापक र ३० प्रतिशत साधारण सेयर कायम गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

उक्त सधारणसभाले आर्थिक वर्ष २०७३÷७४ को बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स पिएल श्रेष्ठ एण्ड कं., चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक निर्धारण गरेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ