काठमाडौं । धनगढीस्थित नेपाल इन्भेष्टमेन्ट बैंकबाट २३ लाख रुपैयाँ गायब भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीमा इन्भेष्टमेन्ट बैंकबाट २३ लाख रुपैयाँ हराएको भन्दै बैंकले उजुरी दिएको हो । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले कर्मचारीका तर्फबाट उक्त बैंकको २३ लाख गायब भएको भन्ने ठाडो उजुरी परेकाले आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिए ।
कुन प्रयोजनको रकम कसरी कहिले गायब भयो, भन्ने विषयमा यर्थात जानकारी हुनसकेको छैन । यद्यपि बैंकको एटिएममा राख्नका लागि जम्मा गरिएको उक्त रकम गायब भएको आशङ्का गरिएको छ ।
बैंकका कर्मचारीले भने यो विषयमा बोल्न नमिल्ने प्रतिक्रिया दिएका छन् । रासस
नेपाल इन्भेष्टमेन्ट बैंकबाट कसरी गायव भयो २३ लाख ?
२०७३ फाल्गुन १, आईतवार
प्रतिक्रिया