काठमाडौं । मुल्य बृद्धिदर चमत्कारिक रुपमा तल झरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ६ महिनमा मुल्यबृद्धिद्धर ३.२ प्रतिशतमा झरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा मुल्यबृद्धि १२.१ प्रतिशत रहेको थियो ।
चालु आर्थिक वर्षको मंसिर महिनामा मुल्यबृद्धि ३.८ प्रतिशत रहेको थियो । गत वर्षको आधार मूल्य प्रभाव, आपूर्ति व्यवस्थामा सुधार र भारतमा उपभोक्ता मुद्रास्फीतिदर घट्दै गएको कारण पछिल्ला महिनाहरुमा मुल्यबृद्धि घट्दै गइरहेको नेपाल राष्ट्र बैंकको दावी रहेको छ ।
यस अवधिमा बैदेशिक व्यापार घाटा भने ७४ प्रतिशतले बढेर ४ खर्व २८ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा २५.५ प्रतिशतले घटेको थियो । त्यस्तै रेमिट्यान्स आप्रबाह ३ खर्व ४२ अर्व २३ करोडमा मात्र सिमित भएको छ । गत वर्ष रेमिट्यान्स आप्रबाह १७.३ प्रतिशतले बृद्धि भएकोमा यस आर्थिक वर्षको ६ महिनामा रेमिट्यान्स आप्रबाह ५.७ प्रतिशले मात्र बृद्धि भएको छ ।
वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकहरुको संख्यामा कमी आएकोसँगै रेमिट्यान्स आप्रबाहमा पनि कमी भएको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै शोधनान्तर बचतमा पनि कमी आएको छ । अघिल्लो आर्थिक वर्षको छ महिनासम्ममा १३९ अर्ब ७५ करोडले बचतमा रहेको शोधनान्तर यस अवधिमा ४५ अर्ब २ करोड रुपैयाँले मात्र बचतमा रहेको छ ।
प्रतिक्रिया