काठमाडौँ । नेप्सेमा सुचिकृत कम्पनीहरुमा धेरै चुक्तापुँजी भएको कम्पनी नेपाल टेलिकमले गत आर्थिक बर्षको नाफाबाट ७ अर्व ६५ करोड रुपैयाँ लाभांस बाड्ने भएको छ ।
कम्पनीले चुक्तापुँजीको ५१ प्रतिशतका दरले लाभांस बाड्ने भएको हो । हाल कम्पनीको १५ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको छ भने गत आर्थिक वर्षमा कम्पनीले ११ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा गरेको थियो । सरकारको ९१.४९ प्रतिशत सेयर स्वामित्व रहेकोले कम्पनीको करिव सात अर्व रुपैयाँ सरकारको ढुकुटीमा जानेछ भने बाँकी ६५करोड १० लाख रुपैयाँ मात्र अन्य सेयधनीहरुले पाउने छन् ।
कम्पनीमा.४४ प्रतिशत सर्वसाधारण, ४.०४ प्रतिशत कर्मचारी र ०.०३ प्रतिशत नागरिक लगानीकोषलेको सेयर रहेको छ । उनीहरुले पनि सोही अनुसार नै मुनाफा पाउने छन् । सोही अनुसार सर्वसाधारणको भागमा ३३ करोड ९६ लाख रुपैयाँ पर्ने छ ।
कम्पनीले आगामी ३० फागुनलाई साधारणसभा आह्वान गरेको छ । सो साधारणसभाको प्रयोजनको लागि दर्ताकिताब १५ गतेदेखि बन्द हुने भएकोले सो लाभांस पाउनको लागि १२गतेसम्म कम्पनीको सेयर किनिसक्नु पर्ने छ ।
कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्ताहरुमा सो लाभांस वितरण हुने छ । हाल कम्पनीको प्रतिसेयर आम्दानी १०५ रुपैयाँ ५८ पैसा रहेको छ ।
प्रतिक्रिया