वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एडिबीका उपाध्यक्ष झाङको प्रश्न, ‘विकासका लागि सरकारसँग खै त भिजन ?

अर्थटुडे
२०७३ फाल्गुन ८, आईतवार

काठमाडौं । ‘विकासका लागि सरकारसँग खै त भिजन ? एसियाली विकास बैंक (एडिबी)का उपाध्यक्ष वेनकाई झाङले नेपाल सरकारसँग प्रश्न गरे । काठमाडौंमा आइतबारबाट सुरु भएको पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै झाङले सरकारसँग विकासको लागि कुनै भिजन नभएको बताए ।

उनले नेपालले आफ्नो कुल गाह्रस्थ उत्पान (जिडिपी)को ५ प्रतिशत रकम पनि पूर्वाधार विकासमा खर्च गर्न नसकेको प्रति आक्रोश पोख्दै भने,‘अहिलेसम्म नेपालले जिडिपीको ४ प्रतिशतमात्रै रकम पूर्वाधार विकासमा खर्च गरीरहेको छ ।’

उनले नेपालले पूर्वाधार बैंक बनाएर काम गर्नुपर्ने सुझाव दिदै भने,‘नेपालमा पुँजीगत खर्च नै कम हुने कारण पनि समस्या बढेको छ ।’ उनले ‘विनियोजन भएको रकम पनि खर्च गर्न नसक्ने स्थितिमा सन् ०३० सम्मका लागि बनेको भिजन कसरी प्राप्त हुन्छ ?’ सरकारसँग प्रश्न गरे ।

झाङले सरकारले योजना बनाएर त्यसको कार्यान्वन गर्ने अवस्था नबनेसम्म पूर्वाधारको विकास सुस्त नै हुने दावी गरे ।
उनले नेपालले पूर्वाधारमा लगानी बढाउने बताएपनि बताएअनुरुप काम नहुने धारणा राखे । झाङले नेपालमा लगानीको वातावरण तयार नभएको बताउँदै विदेशी पुँजी पूर्वाधारका लागि वातावरण नबनेसम्म आउनै नसक्ने जनाए ।

त्यस्तैगरी कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्माले पर्याप्त दक्ष जनशक्तिा साथै पुँजीको अभावले नेपालमा काम नभएको बताए । उनले नेपालको दक्ष जनशक्ति विदेश पलायन भएको गुनासो गर्दै नेपाली युवा नेपालमा नै बस्न सक्ने वातावरण नबनुन्जेल तीव्र रुपमा विकास हुन कठिन भएको धारणा राखे ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी बैंकको चुक्तापुँजी बृद्धि गर्नुको मुख्य उदैश्य नेपालले पूर्वाधारको विकास हो भने ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ