वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एडीबीको उत्कृष्ट परियोजना अवार्ड मेलम्चीलाई

अर्थटुडे
२०७३ फाल्गुन १५, आईतवार

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)को उत्कृष्ट परियोजना अवार्ड मेलम्ची खानेपानी आयोजनाले हात पारेको छ । एडिवीको मूख्य सहयोगमा बनेको मेलम्ची खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आफ्नो सहयोगमा बनेका आयोजनाहरु मध्येबाट एडीबीले उत्कृष्ट परियोजना अवार्ड प्रदान गर्ने गरेको छ ।

त्यस्तै एडीबीले काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना दोस्रो र ससेक उर्जा परियोजना तेस्रो भएको पनि जनाएको छ ।
एडीबीले आगामी अक्टोबरसम्ममा काठमाडौंमा मेलम्चीको पानी आइपुग्नुपर्ने बताएको छ । हालै मात्र मेलम्ची—२ मा लगानी गर्न आतुर रहेको पनि एक कार्यक्रममा एडीबीले बताएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ