वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुनचाँदी व्यवसायीले मनाए चौथो स्थापना दिवस

अर्थटुडे
२०७३ फाल्गुन २०, शुक्रबार

काठमाडौं । सुनचाँदी व्यवसायीहरुको छाता संगठन नेपाल सुनचाँदी व्यवसायी महासंघले आफ्नो चौथो स्थापना दिवस शुक्रवार मनाएको छ । महासंघको केन्द्रिय कार्यालयमा नक्सालमा भएको कार्यक्रममा स्थापनादेखि हालसम्म भएका विभिन्न गतिविधीको वारेमा प्रकाश पारिएको थियो ।

कार्यक्रममा महासंघका अध्यक्ष मोहन कुमार सुनारले सुनचाँदीको अभावमा कारण व्यवसायीले समस्या झेल्नु परेको भन्दै उक्त समस्या समाधानका लागि निरन्तर पहल कदमी भैरहेको जानकारी दिए । सुनचाँदी व्यवसायमा परेका समस्या समाधान तथा शान्ति सुरक्षाको स्थितिमा सुधारका लागि महासंघ लागिपर्ने प्रतिवद्धता समेत जनाए ।

महासंघका वरिष्ठ उपाध्यक्ष माणिक रत्न शाक्यले पछिल्ला दिनमा व्यसायीहरुले धेरै किसिमका समस्या झेल्नु परेको उल्लेख गर्दै भोलिकादिनमा त्यस्ता समस्या दोहोरिन नदिन अहिले देखि नै सजग र सतर्क रहनुपर्ने खाँचो औंल्याउनुभयो । व्यवसायीहरुलाई अनावश्यकरुपमा दुःख दिइने गरेको उल्लेख गर्दै उहाँले यस्ता क्रियाकलापको तत्काल अन्त्य हुनुपर्ने खाँचो औंल्याए ।

स्थापना दिवस समारोहमा महासंघका विशिष्ट सदस्य तेजरत्न शाक्यले व्यवसायीहरु वीचको एकतामा जोड दिए । उनले २०४४ सालमा संघकोरुपमा स्थापना भएको संस्था २०६९ मा महासंघमा परिणत हुँदै आजको दिनमा आइपुग्दा धेरै परिवर्तन भैसकेको उल्लेख गर्दै महासंघलाई शसक्त र प्रभावकारी वनाउँदै अगाडि बढाउनुपर्ने खाँचो औंल्याए ।

महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यले सुनचाँदी सम्वनधी निर्देशिका निर्माणको कार्य अन्तिम चरणमा पुगिसकेको उल्लेख गर्दै छिट्टै त्यसलाई निश्कर्षमा पु¥याउनुपर्ने खाँचो औंल्याए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ