वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लगानी सम्मेलनमा साढे १३ खर्बको प्रतिवद्धता, सबैभन्दा बढी चीनको

अर्थटुडे
२०७३ फाल्गुन २०, शुक्रबार

काठमाडौं । शुक्रबार सम्पन्न अन्तरर्राष्ट्रिय लगानी सम्मेलनमा विभिन्न देशका १३ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । सम्मेलनबाट एक खर्ब लगानी भित्र्याउने लक्ष्य लिइएकोमा लक्ष्यभन्दा धेरै बढी प्रतिवद्धता आएको लगानी बोर्डले जनाएको  छ ।

बोर्डले शुक्रबार पत्रकार सम्मेलन गरी चीनबाट मात्रै ८ खर्ब ३० अर्बको लगानी प्रतिवद्धता आएको जानकारी दिएको छ ।
सम्मेलनमा सहभागी बंगलादेशका लगानीकर्ताले दोस्रो ठूलो प्रतिवद्धता जनाएका छन् । उनीहरुले २ खर्ब ४० अर्ब रकमको लगानीको घोषणा गरेका हुन् । यसैगरी भारतबाट सम्मेलनमा सहभागी लगानीकर्ताले ३१ अर्ब ७० करोडको मात्रै प्रतिवद्धता जनाएका छन् ।

त्यसैगरी जापान र बेलायतबाट १\१ खर्बको लगानी प्रतिवद्धता आएको लगानी बोर्डले जनाएको छ । श्रीलंकाका लगानीकर्ताले ५० अर्ब, नेपालका लगानीकर्ताबाट १ अर्ब १५ करोडको लगानी प्रतिवद्धता जनाएको बोर्डले जनाएको छ ।

सम्मेलनमा विभिन्न देशबाट सहभागी २ सय ५० भन्दाबढी विदेशी लगानीकर्ताले नेपालका विभिन्न सम्भाब्य क्षेत्रमा लगानी गर्ने प्रतिवद्धता जनाएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ