वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भारतमा बस्ने नेपाली व्यवसायीहरुले १ अर्ब लगानी गरेर बर्दियामा रिसोर्ट खोल्ने

अर्थटुडे
२०७३ फाल्गुन २२, आईतवार

काठमाडौं । भारतमा बसेर व्यवसाय गरिरहेका नेपाली व्यवसायीहरूको छाता संगठन फेड्रेशन एभरेष्ट चेम्बर अफ कमर्श एण्ड ईन्डष्ट्रिजले बर्दियामा १ अर्ब लगानी गरेर रिसोट बनाउने भएका छन् ।

आईतबार पत्रकार सम्मेलन गरेर हालै सम्पन्न लगानी सम्मेलनमा नेपाली राजदुत दीपकुमार उपाध्यायको नेतृत्वमा नेपाल आएको कमर्श एण्ड ईन्डष्ट्रिजको टोलीले यस्तो जानकारी दिएको हो ।

कमर्श एण्ड ईन्डष्ट्रिजका अध्यक्ष यूवराज बरालले नेपालमा हुने बन्द हड्ताल लगायत राजनीतिक उथलपुथलका कारण लगानीकर्ता खुलेर लगानी गर्न डराई रहेको बताएका छन् ।

उनले भने,‘हाम्रो देशमा प्रायः अस्थिर राजनीतिक स्थिति रहन्छ, यो स्थितिको शिकार लगानीकर्ता र गरिखाने वर्ग भएको छ, भारतमा बसेर व्यवसाय गरिरहेका लाखौं व्यवसायीहरू नेपालको पर्यटन विकासको लागि तयार छ, यसको लागि सरकारले वातावरण सिर्जना गर्नुपर्छ ।’

त्यस्तै कमर्श एण्ड ईन्डष्ट्रिजका महासचिव मोहन कार्कीले हालै बर्दियामा राष्ट्रिय निकुञ्ज आसपाससँगै देशका विभिन्न भागमा २५ वटा रिसोर्ट निमार्ण गर्ने बताए ।

उनले भने,‘हाम्रो देशमा अथाह सम्पदा छ, यस्ता सम्पदाहरूलाई सही रुपमा उपभोग गर्न सकिएको छैन्, पारिवारिक पर्यटनले हाम्रो देशमा आर्थिक बृद्धि हुन्छ, हामीले बार्षिक रुपमा १० लाख भारतीय पर्यकटहरू भित्र्याउने लक्ष्य लिएका छौं ।’
त्यस्तै सदस्य दुर्गा सुवेदीले एनआरएनको साथ सहयोग र कमर्श एण्ड ईन्डष्ट्रिजले केही बर्षभित्रमा १० मिलियन नेपालमा गलानी गर्ने बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ