काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले आइतबार चन्द्रागिरि हिल्स लिमिटेडको अनौपचारिक अवलोकन भ्रमण गरेका छन् ।
सो अवसरमा उपराष्ट्रपति पुनले चन्द्रागिरि डाँडामा अवस्थित भालेश्वर महादेव मन्दिरको पनि दर्शन गरेका छन् ।
पुनले भ्यू टावरमा रहेको दुर्विनबाट सगरमाथा लगायत अन्य हिमश्रृखलाहरुको समेत दृश्यावलोकन गरेको चन्द्रागिरि हिल्स लिमिटेडले जनाएको छ ।
उपराष्ट्रपति पुन चन्द्रागिरिको अवलोकन गरी दिउसो १ बजे उपराष्ट्रपति कार्यालय बहादुर भवनमा गएका थिए ।
प्रतिक्रिया