वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

धितोपत्र बजारमा थपियोे एनआइसी एसिया क्यापिटल

अर्थटुडे
२०७३ फाल्गुन २२, आईतवार

काठमाडौं । धितोपत्र बजारमा एनआइसी एसिया क्यापिटल लिमिटेड पनि सामेल हुन आएको छ । सो कम्पनीको आइतबार औपचारिक रुपमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवत बहादुर कार्की तथा एनआईसी एशिया बैंकका अध्यक्ष जगदीश प्रसाद अग्रवालले संयुक्त रुपमा उद्घाटन गरे ।

सो कम्पनी एनआईसी एशिया बैंकको सहायक कम्पनीको रुपमा रहेको छ । कम्पनीको १० करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । एनआईसी एशिया क्यापिटललाई धितोपत्र बोर्डले मर्चेन्ट बैंकिङको इजाजत दिएको छ ।

क्यापिटलले काठमाडौंस्थित बबरमहल कार्यालयबाट पूँजीबजारसँग सम्बन्धित धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रार तथा लगानी व्यवस्थापन, म्युचुअल फण्ड व्यवस्थापन लगायतका काम गर्दै आएको छ ।

उद्घाटन कार्यक्रममा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिङ लिमिटेड तथा एन आई सी एशिया बैकका पदाधिकारीको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ