काठमाडौं । युनाइटेड मोदी हाइड्रापावरको आइपीओमा ४ अर्ब रुपैयाँ भन्दा बढीको आवेदन परेको छ । कम्प्नीको धितोपत्र तथा विक्रि प्रबन्धक रहेको एनआइवीएल क्यापिटलका अनुसार विभिन्न संकलन केन्द्रमा गएर आवेदन भर्नेहरुले मात्र ४ अर्ब रुपैयाँ बराबरको आवेदन भरेका छन् ।
आश्वा प्रणालीबाट आइपीओमा आवेदन दिनेहरुको बिवरण भने अझै आउन बाँकी रहेको एनआइवीएल क्यापिटलले जनाएको छ । आस्वाको विवरण आउन अझै केही दिन लाग्ने पनि विक्रि प्रबन्धकले जानकारी दिए ।
युनाइटेड मोदीको आइपीओको लागि आवेदन दिने म्याद फागुन २३ गते सम्म मात्र रहेको थियो । आवेदन खुलेको ४ दिनमा नै ४ अर्ब रुपैयाँ बराबरको आवेदन परेको हो ।
विभिन्न संकलन केन्द्रमा गएर कुल ६४ हजार पाँच सय जनाले आइपीओमा आवेदन दिएका थिए ।आस्वाको विवरण आएपछि आवेदन रकम अझै निकै बढ्ने अनुमान गरिएको छ ।
युनाइटेड मोदीले फागुन १९ गतेदेखि १७ लाख २५ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । एक सय रुपैयाँ अंकित मूल्यको यो आइपीओमा न्यूनतम ५० देखि अधिकतम १५ हजार कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएको थियो ।
कम्पनीले ३४ हजार ५०० कित्ता सेयर कर्मचारीको लागि छुट्याएको छ भने ८६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोष कम्पनीहरुलाई दिएको छ ।
प्रतिक्रिया