वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हिमालयन बैंकले हकप्रदमा नबिकेको एकलाख ४५ हजार भन्दा बढी कित्ता सेयर लिलामीमा

अर्थटुडे
२०७३ फाल्गुन २५, बुधबार

काठमाडौं । हिमालयन बैंक लिमिटेडले एक लाख ४५ हजार पाँच सय ८० कित्तासाधारण सेयर लिलामी गर्ने भएको छ । बैंकले हकप्रदमा नबिकेको सो परिणामको सेयर यही चैत १० देखि १६ गतेसम्म लिलामी गर्ने भएको छ ।

यसअघि बैंकले ७ः १ को अनुपातमा ६४ लाख २७ हजार तीन सय ५० कित्ता सेयर हकप्रद निष्काशन गरेको थियो ।
कात्तिक २६ देखि मंसिर ३० सम्म निष्काशित बैंकको हकप्रदमा ११ हजार सात सय आवेदकलाई माघ दुई गते  ६२ लाख ८१ हजार ७७० कित्ता सेयर बाँडफाँड गरिएको थियो । त्यसमा नबिकेर बाँकी रहेको सेयर अहिले बोलकबोलबाट बिक्री गर्न लागेको हो ।

बैंकले हकप्रद सेयर लीलामीको लागि लक्ष्मी क्यापिटललाई जिम्मा दिएको छ । ईच्छुक लगानीकर्ताले लक्ष्मी क्यापिटलमा चैत १६ गतेसम्म न्यूनतम एक सय रुपैँया भन्दा बढि मूल्यमा बोलपत्र पेश गर्न सक्नेछन् । बिक्री प्रबन्धकले बोलकबोल पत्र चैत १७ गते ११ बजे जय गणेश कमलादी बेन्क्वेटमा खोल्नेछ ।

बैंकको सेयरमा न्यूनतम एक सय कित्ता र अधिकतम सबैं कित्ताको लागि आवेदन गर्न सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ