वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

साताको अन्तिम दिन हरियो भयो बजार, ५२ करोडको कारोबार

अर्थटुडे
२०७३ फाल्गुन २६, बिहीबार

काठमाडौँ । साताको अन्तिम दिन बिहीबार बजार बन्द हुँदा नेप्से सूचक ५.९७ अंकले बढेको छ । पछिल्लो समयमा बजार अस्थिर बनीरहेको छ। एकातिर चुनाव हुने आशा तथा अर्कोतिर तराइमा भएको आन्दोलनका कारण लगानीकर्तामा थप त्रास हुदा बजार अस्थिर भएको हो ।

बिहिबार १३८ कम्पनीको ५२ करोड ४८ लाख रूपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । यसदिन उत्पादनमूलक १२.५७ र अन्य ४.६३ अंकले घटेको छ भने बाँकी सबै समूहका सूचकमा हरियाली छाएको छ ।

सबैभन्दा धेरै बिमा सूचक ५९.२५ विन्दुले माथि लागेको छ । वाणिज्य बैंक समूहको सूचक पनि ६.९४ अंकले बढेको छ । त्यस्तै होटल २४.८६, विकास बैंक २.३९,जलविद्युत १३.४६,फाइनान्स १.७७ अंकले उकालो लागेको छ ।

त्यस्तै आज सबैभन्दा बढि आरएसडिसी माइक्रोफाइनान्सका शेयरधनीले करिब १० प्रतिशतले कमाएका छन् । यस माइक्रोफाइनान्सले २०० प्रतिशत हकप्रद  दिने भएकोले लगानीकर्ताहरुको यस तर्फ बढी आकर्षित भएका छन् ।

यसैगरी नयाँ नेपाल लघुवित्तका शेयरधनीले पनि करिब १० प्रतिशतको हाराहारीमा कमाएका छन् ।
त्यस्तै यसदिन सबैभन्दा बढी गुमाउनेमा हिमालयन डिस्ट्रिलरीका शेयरधनी रहेका छन् । यस कम्पनीका लगानीकर्ताहरुले विहिबार १० प्रतिशतले गुमाएका छन् ।

यसदिन धेरै कारोबार हुने कम्पनीमा ग्लोबल आइएमई बैंकले अग्रता लिएको छ । यस बैंकको दिनभर नौ करोड १७ लाख रूपैयाँभन्दा धेरैको कारोबार भएको छ । नेपाल लाइफ इन्सुरेन्स र नेपाल क्रेडिट एन्ड कमर्स बैंकको पनि यसदिन धेरै कारोबार भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ