वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनआइसी एसियाको ‘स्वार्णिम मुद्धति खाता’ योजना बजारमा, एक बर्षको मुद्धतिमा १२ प्रतिशत सम्म व्याज

अर्थटुडे
२०७३ फाल्गुन २६, बिहीबार

काठमाडौं । एनआइसी एसिया बैंकले नयाँ मुद्धति योजना सार्वजनिक गरेको छ । बैंकमा तरलता अभाव भएपछि निक्षेप आकर्षित गर्नको लागि बैंकले नयाँ मुद्धति योजना सार्वजनिक गरेको हो । बैंकले नयाँ मुद्धति योजनाको नाम ‘स्वार्णिम मुद्धति खाता’ राखेको छ । ‘बैंक पनि साथि पनि’ भन्ने नारालाई आत्मसात गर्दै बैंकले आफ्नो ग्राकमाझ फरक योजना ल्याएको बताएको छ ।

यस योजनामा ग्रहकले आफ्नो सुविधा अनुसारको ३ महिनादेखि १ वर्ष सम्मको लागि मुद्धति योजना छनौट गरी अमुल्य बचत राख्न पाउनेछन् । यस योजनामा आफ्नो बचत ३ महिना राख्नेहरुको लागि ९ प्रतिशत व्याजदर रहेको छ । जसको व्याज बचत अवधि समाप्त भएपछि एक मुष्ठ रुपमा प्रदान गरिने बैंकले जनाएके छ ।

त्यस्तै आफ्नो बचत सो योजना अन्तर्गत ६ महिना राखेमा १० प्रतिशत ९ महिना राखेमा ११ प्रतिशत र एक बर्ष राखेमा १२ प्रतिशत व्याज दिने बैंकले जनाएको छ ।

ति अवधिको बचतमा भने त्रैमासिक रुपमा व्याज भुक्तानी दिइने छ । बैंकका अनुसार सो योजनामा सामेल हुन न्युनतम एक लाख रुपैयाँ बचत गर्नुपर्ने छ ।

सो योजना अन्तर्गत बचतकर्ताले आफ्नो बचतको ८० प्रतिशत सम्म ऋण सुविधा पाउने छ, निक्षेप अवधि अगावै रकम झिक्न परेमा पनि शुल्क लाग्ने छैन भने क्रेडिट कार्डको पनि सुविधा रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ