काठमाडौं । पछिल्लो समयमा चुक्तापुँजी पुर्याउनको तथा संस्थाको वित्तिय अवस्था सुदृढ गर्नको लागि विभिन्न कम्पनीहरुले फरदर पव्लिक अपरिङ (एफ्पीओ) जारी गरिरहेका छन् ।
नेपाल लाइफ इन्स्योरेन्सको एफ्पीओमा नपरेको रकम धमाधम फिर्ता भइरहेको बेलामा स्टान्डर्ड चार्टर्ड बैंकले भोलिदेखि एफपीओको आवेदन खुल्ला गरेको छ ।
बैंकले चुक्तापुँजी बढाउन र साधारण सेयधनीहरुको संख्या बढाउनको लागि पनि एफपीओ जारी गरेको हो ।
बैंकले प्रतिकित्ता १२९० रुपैयाँका दरले २५ लाख ५८ हजार १४० कित्ता सेयर अर्थात ३ अर्व ३० करोड ५२हजार २०० रुपैयाँ बराबरको एफपीओ बिक्री गर्न लागेको हो । बैंकले फेस भ्यालू एक सय रुपैयाँमा ११ सय ९० रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता १२ सय ९० रुपैयाँ प्रतिकित्ता कायम गरेको छ ।
एफपीओ बिक्री बन्द छिटोमा चैत ४ र ढिलोमा चैत १५ गतेसम्म हुनेछ । आवेदनकर्ताले न्युनतम १० कित्त (१२ हजार ९००) देखि अधिकतम २५ हजार ५८० कित्ता (तीन करोड २९ लाख ९८ हजार २०० रुपैयाँ) सम्म आवेदन दिन पाउने छन् । बैंकको एफपीओको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी आठ अर्ब पुर्याउन चार्टर्डले यतिबेला एफपीओको बाटो रोजेको हो ।
एफपीओ बिक्रीपछि चार्टर्डको चुक्ता पुँजी चार अर्ब ५७ लाख १५ हजार ३३३ रुपैयाँ हुनेछ । यसैगरी, चार्टर्डको संथापक सेयरधनीको सेयर स्वमित्व ७०.२१ र सर्वसाधारणको २९.७९ प्रतिशत हुनेछ ।
यहाँबाट दिन सकिन्छ आवेदन हेर्नुहोस:
प्रतिक्रिया