वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

महालक्ष्मी र यति बिकास बैंक गाभिए, चुक्तापुँजी २ अर्व ६३ करोड ४१ लाख

अर्थटुडे
२०७३ चैत्र १, मंगलवार

काठमाडौं । महालक्ष्मी बिकास बैंक र यति बिकास बैंक एक आपसमा गाभिने सम्झौता भएको छ । मंगलबार साझ सो सम्झौतापत्रमा महालक्ष्मी बिकास बैंकका तर्फबाट समितिका संयोजक संजय गिरी र यति बिकास बैंकका तर्फबाट संयोजक अर्जुन प्रसाद शर्माले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार गाभिएपछि महालक्ष्मी विकास बैंककै नामबाट संयुक्त कारोबार हुने पनि बैंकद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । गाभिएपछि नेपालको सबैभन्दा ठूलो बिकास बैंक बन्ने पनि बैंकले दाबी गरेको छ । गाभिएपछि बैंकको चुक्तापुँजी २ अर्व ६३ करोड ४१ लाख पुग्नेछ ।

त्यस्तै मर्जर पश्चात बन्ने विकास बैंकको २३ अर्व ८४ करोड निक्षेप तथा १९ अर्व ९७ करोड कर्जा तथा लगानी पुग्ने छ ।
त्यस्तै बैंकको शाखा संख्या ६५ तथा ग्राहक ३ लाख ४५हजार पुग्ने बैंकले जनाएको छ । महालक्ष्मी र यति बिकास बैंक बराबरी हैसियतमा गाभिएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ