काठमाडौं । रेनोल्टको नेपालका लागि आधिकारिक बितरक एडभान्स अटो मोबाइल्स प्रा लि( विशाल समूहको सहायक) ले नयाँ वर्षलाई लक्षित गरी रेनोल्ट वाउ अफर सार्वजनिक गरेको छ ।
कम्पनीले क्विड तथा डस्टरका लागि नयाँ अफर ल्याएको हो । कम्पनीले ल्याएको नयाँ अफर ‘मेक योर न्यू इयर अ रेनोल्ट वाउ ईयर, नउ ड्राइभ दि क्विड अर डस्टर एट लोएस्ट ईएमआई एभर’ नारा सहित आएको छ ।
यो योजनाले सम्भावित ग्राहकहरुका लागि सजिलो मासिक किस्ताबन्दीको विशेषताहरुको बारेमा जानकारी दिन्छ । ग्राहकहरुले आविष्कारिक तथा रोमाञ्चक क्विड तथा डस्टर न्यूनतम मासिक किस्तामा क्रमशः २८ हजार २०० र १३ हजार ३५७ तिरेर प्राप्त गर्न सक्दछन् ।
यसको लागि ८.९९ वार्षिक ब्याज दरमा सजिलो फाइनान्सको पनि व्यवस्थारहेको छ ।साथै, यो योजनामा २ वर्षको निशुल्क सर्भिस, १ वर्षको निशुल्क सडक कर, सजिलो एक्सचेन्ज सुविधा तथा अतिरिक्त नगद छुटको व्यवस्था रहेको छ । अर्को आकर्षण भनेको रेनोल्टका गाडिहरु पाँच वर्षको वारेन्टीका साथमा आउँछन् ।
प्रतिक्रिया