काठमाडौं । नेपालमा सबैभन्दा धेरै विक्रि हुने बजाज मोटरसाइकलले ‘घुमौं बजाजसँग तराई, पहाड र हिमाल’ नारासहित नयाँ वर्षको लागि ‘सुन्दर रमणीय नेपाल’ योजना सार्वजनिक गरेको छ ।
बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंसराज हुलासचन्द एण्ड को.प्रा.लि.ले नयाँवर्ष २०७४ को लागि सो योजना सार्वजनिक गरेको हो ।
यो अभियानले नागरिकहरुका वीचमा यसको भावनालाई प्रबद्र्धन गर्नुका साथै एकआपसमा जोड्ने लक्ष्य लिएको पनि कम्पनीले जनाएको छ ।
यो अभियानमा ७४ सय स्योर सट अफर’ स्कीमअन्तर्गत कुनैपनि बजाजका बाइकहरु खरिदमा हरेकले तत्काल ७ हजार चार सय नगद छुट पाउनेछन् ।
त्यसपछि खरिदकर्ताहरु स्वतः लक्कि ड्रमा समावेश हुनेछन्, जसमार्फत् एक व्यक्तिले मनपर्ने नेपालका विभिन्न स्थानहरुको भ्रमण गर्नका लागि ७४ हजार भ्रमण खर्च जित्न सक्नेछन् ।
दैनिक लक्की ड्रको घोषणा एभेन्यूज टेलिभिजनमार्फत बेलुकीको ८ बजेको समाचारपछि प्रशारण गरिनेछ । हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिका कार्यकारी निर्देशक, शेखर गोल्छाले भने, यो अभियानले मानिसहरुलाई नेपालको सुन्दर र मनोरम विविध भूगोलसँग एकआपसमा जोड्नका लागि प्रबद्र्धन गर्नेछ ।
प्रतिक्रिया