काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले विकृति फैलाएका माइक्रोफाइनान्सहरुलाई कारबाही गर्ने बताएका छन् । उनले राष्ट्र बैंकलाई नयाँ शोसकहरुलाई खुलेआम रुपमा गाउघरमा छिराएको आरोप लागेकोले केन्द्रिय बैंकले त्यस्ता संस्थाहरुालाई कारबाही गर्न लागिएको बताएका हुन् ।
उनले लघुवित्त संस्थाहरुले उदेश्य विपरित काम गरी समाजमा विकृति फैलाएको समेत बताए । चौथो लघुवित्त सम्मेलनको उद्द्धाटनका क्रममा उनले लघुवित्त संस्थाका कारण मानिसहरु घरबार विहिन र आत्महत्या गर्ने सम्मको विकृति आएको बताउँदै भने,‘ लघुवित्तहरु उत्साहित र महत्वकाक्षीं हुँदा विकृति धेरै नै बढेर गएको छ ।’
गरिवको आर्थिक स्तरोन्नति गर्नको लागि लघुवित्त संस्थाहरु खोलिएको बताउँदै गभर्नर डा.नेपालले गरिबलाई नै सोसेर लगानीकर्ताहरु करोडपति र अर्बपति हुन थालेको बताए । लघुवित्त संस्थाकै कारणले राष्ट्र बैंक लघुवित्त संस्था बन्द गर्न या कारबाही गर्नबाध्य बन्दै गएको गभर्नर डा.नेपालले बताए । उनले लगानीकर्ताहरुलाई सेयर कारोबारबाट उत्साहित नहुन पनि आग्रह गरे ।
उनले लघुवित्तलाई स्वनियममा चल्दै गाउँ गाउँमा सरल सेवा दिन पनि आग्रह गरे । सो कार्यक्रममा लघुवित्त विकास बैंक संघका अध्यक्ष रामचन्द्र जोशीले लघुवित्त संस्थाहरुलाई स्रोतको अभाव भइरहेको बताए ।
उनले स्रोतको अभाव हुदा अहिलेसम्म गरेको कार खेर जाने भएकोले स्रोतको वयवास्थापनका लागि सरकार र केन्द्रिय बैंकले सहयोग गर्नुपर्ने धारणा राखे । उनले डुव्लीकेसनको समस्या अत्यधिक भएकोले पनि विकृति फैलिएको बताए । उनले यस्ता विकृति रोक्नका लागि चालु आर्थिक वर्षबाट नै कर्जा सुचना केन्द्र प्रयोगमा ल्याउनुपर्ने बताए ।
त्यस्तैगरी बैंकर्स संघका अध्यक्ष अनिल शाहले बाणिज्य बैंकहरुको पूँजी ८ अर्ब पूगेसँगै लगानी पनि बढ्दै गएकाले लघूवित्त संस्थाले पाउने लगानी स्रोत बढेर जाने बताए ।
प्रतिक्रिया