काठमाडौं । नेपाल राष्ट्र बैंकले ०७४ बैशाख १ गतेदेखि बैंकहरुको कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) को दैनिक अनुगमन गर्ने भएको छ । मासिक रुपमा अनुगमन गर्दा बैंकहरुले तोकिएको सीसीडी अनुपात नाघेर लगानी गर्न थालेपछि यसलाई नियन्त्रण गर्न केन्द्रीय बैंकले दैनिक अनुगमन गर्न लागेको हो ।
राष्ट्र बैंकले विहिबार निर्देशन जारी गर्दै दैनिकरुपमा गणना हुने सीसीडी रेसियोको तोकिएको सीमा नाघेमा राष्ट्र बैंक ऐन–०५८ को दफा ९९ अनुसार बढी प्रवाहित कर्जा रकममा बैंक दरले हुन आउने रकम बराबर रकम हर्जना लगाइने व्यवस्था गरेको हो ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा भएको घोषणा अनुसार उत्पादनशील क्षेत्रमा प्रवाह गरेको कर्जाको सीसीडी रेसियो गणनामा भने ५० प्रतिशत छुट दिने राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया