काठमाडौं । लागी नेपाल राष्ट्र बैंकको निर्देशन अनुसरण गर्दै एभरेष्ट बैंकले निक्षेपको व्याजदर समायोजन गर्न थालेको छ । शुरुवातको लागी अधिकत्म ब्याजदर भएको मुद्दती खातामा ०.५०% ले घटाएको जनाएको छ । साथै, कल खाताहरुको ब्याजदर पनि क्रमशः घटाउदै लगेको छ । यसरी बचतमा ब्याज घटाउदा, व्यवसायी\उद्योगीहरुले उचित ब्याजदरमा कर्जा पाउन मद्दत पुग्नेछ ।
बजारमा तरलताको अभाव भएपछि बैंकहरुले व्याजदर उच्च बनाएका थिए । राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाबाट कल डिपोजिटको व्याजदर बचत खाताको बढी नगर्न निर्देशन दिएको थियो ।
एभरेष्ट बैंकले हाल आफ्ना ६० वटा शाखाहरु, ६ एक्सटेन्सन काउन्टर, २५ राजश्व संकलन काउन्टर र ८६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया