काठमाडौँ । कुमारी बैंकको ५० प्रतिशत हकप्रद सेयर आइतबारदेखि खुलेको छ । बैंकले एक अर्ब ३४ करोड ९५ लाख ३४हजार रुपैयाँ बराबरको एक करोड ३४ लाख ९५ हजार कित्ता हकप्रद सेयर निस्कासन गरेको हो ।
बैंकको हकप्रद सेयरको लागि निष्कासन तथा विक्रि प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । सिद्धार्थ क्यापिटलका अनुसार कुमारीको हकप्रदमा लगानीकर्ताहरुले चैत्र ६ गतेदेखि २०७४ वैशाख १० गतेसम्म आबेदन दिन सक्नेछन् ।
नेपाल राष्ट्र बैंकले २०७४ असार मसान्त सम्ममा अनिवार्य रुपमा ८ अर्ब चुक्तापुँजी पुर्याउन बाणिज्य बैंकहरुलाई निर्देशन दिएपछि बैंकले आफ्ना लगानीकर्ताहरुलाई ८ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको हो ।
बैंकको हाल पूँजी दुई अर्ब ६९ करोड ९१ लाख रुपैयाँ रहेको छ । बैंकले हकप्रद सेयर निष्कासन गरेपछिको चुक्तापुँजी चार अर्ब ४ बरोड ८६ लाख ३४ हजार पुग्ने छ । बैंकले पुस मसान्तसम्म २७ करोड २९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
प्रतिक्रिया