वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चालु आर्थिक बर्षको सात महिनामा १८ अर्ब ६५ करोडको सुनचाँदी आयात, व्यापारघाटा ५ खर्व १५ अर्ब

अर्थटुडे
२०७३ चैत्र ७, सोमबार

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो सात महिनामा बैदेशिक व्यापारघाटा ६२.२ प्रतिशतले वृद्धि भई  ५ खर्ब १४ अर्ब ९९ करोड पुगेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार आर्थिक बर्ष २०७३÷७४ को प्रथम सात महीनाको अवधिमा नेपालको कुल निर्यात ११.१ प्रतिशतले  वृद्धि भई ४२ अर्ब २२ करोड तथा आयातमा ५६.८  प्रतिशतले वृद्धि भई  ५ खर्व ५७ अर्व २१ करोड पुगेको छ ।

सो अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा ऊनी गलैंचा ४ अर्व ३४ करोड,  तयारी पोशाक तीन अर्व ११ करोड रुपैयाँको मात्र निर्यात भएको छ । यी सामग्रीहरुको गत वर्षको तुलनामा क्रमशः३ र ७.२ प्रतिशतले ह्रास आएको हो ।
त्यस्तै फलाम तथा स्टील र तिनका उत्पादनहरुको निर्यातमा १७.७ प्रतिशतले वृद्धि भर्ई ३ अर्ब ३७ करोड पुगेको छ भने पोलिष्टर तथा अन्य धागोमा ३३.८ प्रतिशतले वृद्धि भएर ३ अर्ब ५३ करोड पुगेको छ भने  मुसुरोको दाल निर्यातमा २३.६ प्रतिशतले बृद्धि भएको छ ।

त्यसैगरी छाला, ४१ करोड अलैची २ अर्ब २१ करोड, १ अर्ब ७५ करोड चिया, अदुवा १५ करोड  चाउचाउ ४९ करोड जडिबुटी  ३८ करोड टुथपेष्ट ३२ करोड टेक्साइल एक अर्व ८९ करोड, पश्मिनाको सल १ अर्व ५७ करोड, हस्तकलाका सामग्री ३४ करोड र नेपाली हाते कागज ४३ करोडको निकासी भएको निकासी तथा प्रबद्र्धन बोर्ड जनाएको छ ।

नेपालबाट निर्यात हुने देशहरुमा  भारत, संयुक्त राज्य अमेरिका, टर्की, जर्मनी, युके, चीन, फ्रान्स, इटाली, वंगलादेश,  जापान, क्यानडा, अष्ट्रेलिया, नेदरलेण्ड्स र डेनमार्क  आदि प्रमुुख रुपमा रहेका छन् ।

आयाततर्फ फलाम तथा स्टील र तिनका उत्पादनहरुको आयातमा ८३.६ प्रतिशतले वृद्धि भएको छ भने पेट्रोलियम पदार्थमा १४४.६ प्रतिशत यातायातका साधन र तिनका पार्टपुर्जामा १२२.६ प्रतिशत इलेक्ट्रिक र इलेक्ट्रोनिक सामाग्रीहरुमा ४७.५ प्रतिशत मेशिनरी तथा पार्ट्समा १०४.९ प्रतिशत पोलिथिन ग्रेन्युल्समा २०.९ प्रतिशतले वृद्धि भएको छ ।।
त्यस्तै कच्चा पाम आयलमा ९५.४ प्रतिशत दुरसञ्चारका सामाग्रीहरुमा ४८.४ प्रतिशत रसायन १८.५ प्रतिशतले आयातमा बृद्धि भएको छ ।

यसैगरी यस अवधिमा १३ अर्ब ५० करोड बराबरको सुन आयात भएको भने ५ अर्व १५ करोड बराबरको चादी आयात भएको छ । त्यस्तै ४ अर्ब ६७ करोड बराबरको रसायनिक मल  र  १० अर्ब ९३ करोड बराबरको हवाईजहाज तथा हवाईजहाजका पार्ट्स आयात भएका छन् ।

यस अवधिमा सिमेन्ट क्लिङ्कर ११ अर्ब १९ करोड, भटमासको कच्चातेल २ अर्ब ५७ करोड, तयारी पोशाक ७ अर्ब ८५ करोड अन्न २३ अर्ब ६१ करोड र ऊन २ अर्ब १० करोड रुपैयाँ बराबरको आयात भएको छ । यसअवघिमा भने औषधी आयातमा चाही १९.६ प्रतिशतले ह्रास आई १२ अर्ब ९२ करोडको मात्र आयात भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ