काठमाडौं । नेपाल एसबिआई बैंकले ४० प्रतिशत अर्थात एक अर्ब ९९ करोड १९ लाख ४२ हजार ३६० रुपैँया बराबरको हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले चुक्तपुँजी ८ अर्ब पुर्याउनको लागि ४० प्रतिशत हकप्रद जारी गर्ने भएको हो ।
नेपाल धितोपत्र बोर्डका अनुसार चैत सात गते एसबिआइ बैंकले हकप्रद जारी गर्नको लागि बोर्डमा निवेदन दिएको हो । धितोपत्र बोर्डले स्वीकृती प्रदान गरेपछि बैंकले एक सय रुपैँया अंकित दरका सो एक करोड ९९ लाख १९ हजार चार सय २३.६० कित्ता हकप्रद जारी गर्नेछ । हकप्रद निष्काशनका लागि बैंकले एनएमबि क्यापिटललाई बिक्री प्रवन्धकको रुपमा नियुक्त गरेको छ ।
यसअघि बैंकले ९७१ रुपैँयामा ६७ हजार ७ सय ६७ कित्ता एफपीओ निकालेको थियो । बैंकले आफ्ना लगानीकर्ताहरुको लागि गत वर्षको नाफाबार्ट २८ प्रतिशत बोनस सेयर दिएको थियो ।
पुस मसान्तसम्म बैकको चुक्तापूँजी ३ अर्ब ८८ करोड रुपैयाँ रहेको थियो बोनस वितरण पश्चात बैंकको पूँजी ४ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ भने ४० प्रतिशत हकप्रद पश्चात बैंकको पूँजी झण्डै ७ अर्ब रुपैयाँ पुग्नेछ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ७५ करोड ८७ लाख रुपैँया खुद नाफा कमाएको छ ।
प्रतिक्रिया