वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हिमालयन पावर पापर्टनरले स्थानीय बासिन्दाको लागि जारी गरेको १० लाख ६५ कित्ता सेयर बाँडफाँड

अर्थटुडे
२०७३ चैत्र ९, बुधबार

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले स्थानीय बासिन्दाको लागि जारी गरेको प्राथमिक सेयर बुधबार बाँडफाँड भएको छ । कम्पनीले १० लाख ६५ हजार ४१७ कित्ता सेयर बाँडफाँड गरेको छ । आयोजना प्रभावित ६ गाविसका बासिन्दालाई पचास प्रतिशत तथा  ६ गाविस बोहकका  अन्य लमजुङबासीलाई ५० प्रतिशत सेयर बाँडफाँड गरिएको हो ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक रहेको ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीले आयोजना प्रभावित लमजुङ जिल्लाको ६ वटा ( चिती, ढोडेनी, बन्सर, नौथर, श्रीमञ्ज्याङ, अर्चलबोट) गाबिसलाई ५ लाख ३२ हजार ७०८ कित्ता र बाँकी लमजुङजिल्लाबासीलाई ५ लाख ३२हजार ७०९ कित्ता सेयर बाँडफाड गरेको हो ।

आयोजना प्रभावित ६ गाविसका बासिन्दाले न्यूनतम ५० कित्ता सेयर आवेदन दिनेले गोलाप्रथाबाट ३४ कित्ता पाएका छन् भने अन्य जिल्लाबासीले चाहिँ समानुपातिक हिसाबले सेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

हिमालयन पावरले माघ १७ देखि फागुन २ गतेसम्म १० लाख ६५ हजार ४१७ कित्ता साधारण सेयरको बिक्री खुला गरेको थियो । यसमा कुल नौ हजार ४७४ आवेदन फारम मार्फत ३१ लाख ४१ हजार ९३५ कित्ता सेयरको माग आएको थियो ।

बाँडफाँडमा नरपरेका लगानीकर्ताको रकम चैत १५ गतेदेखि आवेदन फारममा उल्लेख गरिएको बैंक खातामा पठाइने बिक्री प्रबन्धकले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ