काठमाडौं । मेगा बैंकसँग मर्जमा जाने सम्झौता गरेको टुरिजम् डेभलपमेन्ट बैंकले आइतबारदेखि (आज) शतप्रतिशत हकप्रद विक्रि खुल्ला गरेको छ । बैंकले ९१ करोड ९७ लाख ७१ कित्ता२०० रुपैयाँ बराबरको ९१ लाख ९७ हजार सात सय १२ कित्ता हकप्रद सेयरको विक्रि खुल्ला गरेको हो ।
सो हकप्रद लगानीकर्ताहरुले बैशाख १७ गतेसम्म मात्र भर्न पाउने छन् । हकप्रदमा माघ ६ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
यसअघि कालिञ्चोक डेभलपमेन्ट बैंक र मातृभूमि विकास बैंकलाई खरिद गर्ने सम्झौता गरेको बैंकले एक्विजीशन पश्चात कायम पूँजीको शतप्रतिशत हकप्रद शेयर जारी गरेको हो ।
हाल बैंकको चुक्ता पूँजी ९१ करोड ९७ लाख रुपैर्या रहेको छ । हकप्रद निष्काशनपछि बैंकको चुक्ता पूँजी एक अर्ब ८३ करोड ९५ लाख रुपैँया पुग्नेछ ।
बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल रहेको छ । बैंकले निष्काशन गर्ने हकप्रदमा बिक्री प्रवन्धकको कार्यालय लाजिम्पाट तथा टुरिजम् बैंकका शाखा कार्यालयहरु मार्फत सेयरधनीले आवेदन गर्न सक्नेछन् ।
प्रतिक्रिया