काठमाडौं । चारवटा कम्पनी एकैदिन नेपाल धितोपत्र बोर्डमा बोनस सेयर दर्ता गर्न गएका छन् । बिराटलक्ष्मी विकास बैंक, बिजय लघुवित्त विकास बैंक,वुटवल पावर कम्पनी र कसमस डेभलपमेन्ट बैंकले चैत ९ गते धितोपत्र बोर्डमा बोनस सेयर दर्ता गराएका हुन् ।
ति कम्पनीहरुले क्रमशः१८.५० प्रतिशत, १५प्रतिशत ७ प्रतिशत र ११.८० प्रतिशत बोनस सेयर साधारणसभाबाट पारित गरी बोर्डमा दर्ता गराएका हुन् ।
विराटलक्ष्मी विकास बैंकले ७ करोड ८६ लाख ,विजय लघुबित्तले २ करोड १० लाख, बुटवल पावरले ११करोड ८४ लाख र कसमस डेभलपमेन्ट बैंकले १ करोड १८ लाख रुपैयाँ लगानीकर्ताहरुलाई दिइने बोनसको लागि छुट्याएका छन् ।
प्रतिक्रिया