वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जिम्बाबेले साना तथा मझौला उद्योगको विकासमा सहयोग गर्ने

अर्थटुडे
२०७३ चैत्र १३, आईतवार

काठमाडौं । जिम्बावे सरकारले नेपालको लघु, साना तथा मझौला उद्योगको विकासमा पारस्परिक सहयोग गर्ने अभिरुची देखाएको छ । जिम्बाबेका लघु, साना तथा मझौला उद्योग विकास सम्वन्धि मन्त्री यस जि.जि. नियोनीको नेतृत्वमा नेपालको ५ दिने भ्रमणमा रहेको प्रतिनिधी मण्डल र उद्योग मन्त्रालयका प्रतिनिधी मण्डलबीच भएको छलफलमा जिम्बाबेका तर्पmबाट यस्तो अभिरुची व्यक्त गरिएको हो ।

छलफलका अवसरमा जिम्बाबेको प्रतिनिधि मण्डलको नेतृत्व गरिरहेकी मन्त्री यस जि.जि. नियोनीले नेपालका ४ वटा क्षेत्रमा नेपाल र जिम्बाबेविच सहयोग आदान प्रदान गर्न चाहेको बताइन् । उनले लघु उद्यमका क्षेत्रमा नेपालले अवलम्वन गरेको रणनीति, लघुु उद्यमलाई पर्यटन सँग जोडेर विकास गर्ने कार्यक्रम लघु उद्यमीको वित्तिय पहँुच विस्तारमा नेपालले अवलम्वन गरेको रणनीति र नेपालको पदयात्रा क्षेत्रमा नेपालले गरेको प्रगतिका वारेमा नेपाल र जिम्बाबेबीच सहयोगको आदान प्रदान गर्न चाहेको बताइन् ।

खनिज उत्खननका क्षेत्रमा नेपालको तुलनामा जिम्वावेले धेरै प्रगति हासिल गरिसकेको बताउँदै मन्त्री नियोनीले जिम्बाबेको अनुभवबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताइन् । उनले दक्षिण सहयोगलाई विस्तार गर्न आफुहरु ईच्छुक रहेको समेत बताइन् ।

यी बिषयहरुमा पारस्परिक सहयोग आदन प्रदानका लागि जिम्बाबे र नेपाल सरकारबीच सहमति पत्रमा हस्ताक्षर गरेर सहयोगको प्रकृया अगाडी बढाउन चाहेको पनि उनले बताइन् । उद्योग मन्त्री नवीन्द्रराज जोशीले खनिज उत्खननका सम्वन्धमा जिम्बाबेको अनुभव नेपालका लागि पनि अनुकरणीय रहने भन्दै लघु, साना तथा मझौला उद्योगको विकासमा सहयोग आदान प्रदान गर्न  सकिने बताए ।

नेपालले लघु साना तथा मझौला उद्योगको विकासलाई उच्च प्राथमिकतामा राखेको भन्दै मन्त्री जोशीले यसले ग्रामिण रोजगारी बृद्धि गर्ने भएकाले गरीवि निवारणमा समेत सघाउ पु¥याउने बताए । नेपाल विदेशी लगानी आकर्षित गर्न अनुकूल नीति निर्माणको क्रममा रहेको भन्दै मन्त्री जोशीले नेपालमा लगानी गरेर फाईदा लिन सक्ने अहिले उपयुक्र अवसर रहेको बताए ।

छलफलमा नेपालका तर्पबाट उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादे, उद्योग मन्त्रालयका सचिव शंकरप्रसाद कोईराला, उद्योग मन्त्रालयका सह–सचिवहरु र लघु उद्यम विकास कार्यक्रमका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । यसैगरी जिम्वावेका तर्फबाट जिम्वावेको लघु, साना तथा मझौला उद्योग विकास सम्वन्धि मन्त्रालयका सचिव इभालुयन एनदोल्भु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ