काठमाडौँ । नेपाल बैंक लिमिटेडले एक अर्ब ५४ करोड ३१ लाख ८४ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निस्कासनको लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले नेपाल बैंकलाई हकप्रद सेयर निष्कासनको लागि बुधबार अनुमति दिएको छ ।
बैंकले आफ्ना लगानीकर्ताहरुलाई २३.७४ प्रतिशतले हकप्रद निष्कासन गर्न लागेको छ । बैंकले एक करोड ५४ लाख ३१ हजार आठ सय ४० कित्ता हकप्रद निष्कासन गर्ने छ । बैंकले हकप्रद निष्कासनकालागि सिभिल क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।
बैंकको हाल ६ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । हकप्रद पछि बैंकको चुक्तापुँजी आठ अर्ब ३ करोड भन्दा बढी हुने छ । बैंकले पुस मसान्तसम्म एक अर्ब ८९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
प्रतिक्रिया