वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

निर्वाचन आयोगद्धारा उद्योग बाणिज्य महासंघको चुनावमा नरोक्ने,मन्त्री वा प्रधानमन्त्री भने कार्यक्रममा जान नपाइने

अर्थटुडे
२०७३ चैत्र १७, बिहीबार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निर्वाच गर्न पाउने भएको छ । महासंघले निर्वाचन सम्बन्धी आचारसंहित विपरित आसन्न साधारणसभा सहित निर्वाचन गर्न लागेको भन्दै त्यसलाई रोक्न माग गर्दै आयोगमा उजुरी परेको थियो । तर, सो निर्वाचनले स्थानीय निकायको निर्वाचनलाई प्रभावित नपार्ने गरी  निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले बाटो खुला गरिदिएको छ ।

निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माका अनुसार उद्योग बाणिज्य महासंघको निर्वाचन पूर्वघोषित कार्यक्रम भएकोले स्थानीय तहको निर्वाचनलाई कुनै असर नगर्ने गरी निर्वाचन गर्न निर्देशन दिएको हो ।

निर्वाचन आयोगले केही सर्त राखेर निर्वाचन गर्न महासंघलाई निर्देशन दिएको छ । महासंघको निर्वाचनमा प्रधानमन्त्री वा मन्त्रीहरुलाई अतिथिको रुपमा जान बन्देज लगाइएको छ भने साधारणसभामा कुनै पनि सरकारी स्रोत र साधनको प्रयोग नगर्न समेत निर्देशन दिएको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै स्थानीय निकायको चुनावलाई खलल पर्ने खालका कुनैपनि गतिविधि नगर्न समेत आयोगले दिर्नेशन दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ