काठमाडौं । ज्योति विकास बैंक र पुर्णिमा विकास बैंकले हकप्रद निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा पुगेका छन् । ज्योति विकास बैंकले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय साधारणसभाबाट पारित गराएको छ ,भने पुर्णिमा विकास बैंकले २५ प्रतिशत हकप्रद दिने निर्णय साधारणसभाबाट पारित गराइसकेको छ ।
ज्योति विकास बैंकले एक करोड १० लाख ४३ हजार एक सय ७१ कित्ता सेयर निष्काशनको अनुमति माग गरेको छ । त्यस्तै पुर्णिमा विकास बैंकले आठ लाख ८० हजार नौ सय ६२ कित्ता हकप्रद सेयर निष्काशन गर्नको लागि बोर्डसँग अनुमति मागेको हो ।
हाल ज्योति बिकास बैंकको चुक्ता पूँजी एक अर्ब १० करोड ४३ लाख रहेको छ । हपप्रद निष्काशन पछि बैंकको चुक्ता पूँजी दुई अर्ब २० करोड ८७ लाख रुपैंया पुग्ने छ । ज्योति विकास बैंकले केही दिनअघि राप्ती भेरी विकास बैंकलाई खरिद गर्ने सम्झौता गरेको थियो । पुर्णिमा विकास बैंकले पनि हकप्रद सेयर जारी पछि चुक्तापुँजी ५० करोड रुपैंया पुर्याउनेछ ।
प्रतिक्रिया