काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र यूकेएड सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमबीच बैकिङ सेवालाई सरलीकृत लघुकर्जा सेवा प्रदान गर्नको लागि सम्झौता भएको छ ।
सोमबार भएको सम्झौता अनुसार 14 वटा जिल्लामा रहेका बैकिङ सेवाबाट वञ्चित जनसंख्यालाई सरलीकृत लघुवित्त सेवाहरू प्रदान गर्नको लागि युकेएड सक्षमको सहयोगमा माछापुच्छ्रे बैंकले काम गर्नेछ ।
माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत निरजकुमार श्रेष्ठ र सक्षमका टोली प्रमुख बलजित बोहराले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
‘सरलीकृत लघुवित्त सेवा’ परियोजनाले मध्य र सुदूर पश्चिमाञ्चल विकास क्षेत्रका बाँके, दाङ, कैलाली, कञ्चनपुर, रूपन्देही र सुर्खेत जिल्ला र मध्यमाञ्चल विकास क्षेत्रको धादिङ जिल्ला गरी सात जिल्लामा २० वटा शाखारहित बैंकिङ सेवाविन्दुहरू स्थापना गर्ने लक्ष्य लिएको छ ।
माछापुछ«े बैंकका प्रमुख कार्यकारी अधिकृत निरजकुमार श्रेष्ठले वित्तीय साक्षरता अभियानको माध्यमबाट १३ हजार हितग्राहीसम्म पुग्ने लक्ष्य लिएको बताए ।
त्यसैगरी, सक्षमका टोली प्रमुख बलजित बोहराले दुर्गम ग्रामीण क्षेत्रहरूमा औपचारिक वित्तीय संस्थाहरूको अभावले गर्दा स्थानीय व्यक्तिहरू उच्चदरमा ऋण लिन बाध्य भएको बताउँदै यस साझेदारीले यस्ता समस्याहरूको सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया