काठमाडौं । महालक्ष्मी विकास बैंकले नयाँ वर्षको उपलक्ष्यमा ‘महालक्ष्मी उद्यमशील कर्जा’ योजना सुरु गरेको छ । सर्वसाधारणलाई स्वदेश मै उद्योग व्यवसाय संचालन गर्न प्रेरित गर्ने उद्देश्यले ‘उद्यम गरौं उद्यमी बनौं, विदेश होइन स्वदेश रोजा’ैं भन्ने नाराका संचालन गरिने योजनामा देश भित्रै उद्योग, व्यवसाय एवम् कृषि पेशा संचालन गर्न चाहने युवालाई वार्षिक १३ प्रतिशतको व्याजदरमा १ लाख देखि ९ लाख सम्मको कर्जा उपलव्ध गराउने छ बैंकले जनाएको छ ।
। यो कर्जा योजनाले केहि हदसम्म भएपनि युवाहरुलाई स्वदेश मै उद्योग व्यवसाय गर्न प्रेरित गर्नेछ भन्ने बैंकले अपेक्षा गरेको छ ।
२०७३ भदौ १९ गते देखि महालक्ष्मी विकास बैंकको नाममा एकिकृत कारोवार शुरु गरेको यो बैंक साविकको मालिका विकास बैंक, महालक्ष्मी फाईनान्स तथा सिद्धार्थ फाईनान्स गाभिएर बनेको संस्था हो । बैंकले पुँजी बढाउनका लागि यति डेभलपमेन्ट बैक लिमिटेडसंग गाभ्ने गाभिने प्रकृया समेत अगाडी बढाएको छ ।
प्रतिक्रिया