काठमाडौँ । लक्ष्मी बैंकले अरेन्ज बचत खातालाई नयाँ सेवा सुविधा थपी वार्षिक ७ प्रतिशत व्याजदरमा ग्राहक समक्ष ल्याएको छ । यो व्याजदर बजारमा कायम व्याजदरहरुमा अधिकतम मध्ये एक हो । यस वचत खातमा ग्राहकले ५ लाख न्युनतम मौज्दात कायम राख्नुपर्ने छ । सो राखेमा थप सेवाशुल्क बिना नै १० लाख बराबरको बिमा सुविधा र अन्य बैंकिङ सुविधामा छुट पाउने व्यवस्था रहेको बैंकले जनाएको छ ।
न्युनतम मौज्दात भन्दा माथी भएको मौज्दात रकमलाई ग्राहकले बैंकको उच्चतम व्याजदरमा अन पिmक्सड डिपोजीट खोल्न मिल्ने व्यवस्था समेत गरिएको बैंकले जनाएको छ । यसका अतिरिक्त लक्ष्मी बैंकले आफ्नो अन्य वचतखाताहरुमा पनि ब्याज पुनरावलोकन गरि व्याजदर बृद्वि गरी साधारण वचत खातामा ५ प्रतिशत र बिशेष वचत खाताहरुमा ६ प्रतिशतसम्म व्याज दिने घोषणा गरेको छ ।
प्रतिक्रिया