वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनबी बैंकको ८० % हकप्रदका लागि आवेदन खुल्ला

अर्थटुडे
२०७४ बैशाख ७, बिहीबार

काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंकका लगानीकर्ताले ८० प्रतिशत हकप्रद सेयर पाउने भएका छन् । बैंकको साधारणसभाबाट पारित भएअनुसार बैंकले १०० बराबर ८० कित्ताको अनुपातमा सेयर जारी गर्न लागेको हो । जसअनुसार बैंकले ३ करोड २० लाख ९४ हजार कित्ता सेयर जारी हुनेछ ।

हकप्रद सेयरका लागि लगानीकर्ताले आजबाट आवेदन दिन सक्नेछन् । यसैगरी जेठ १० गतेबाट आवेदन दिने समय बन्द हुनेछ । सेयरको विक्री प्रवन्धक ग्लोबल आइएमइ क्यापिटल रहेको छ ।

लगानीकर्तालाई सेयरका लागि बिक्री प्रवन्धकको कार्यालयका साथै बैंकका सबै शाखाबाट आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।

हाल ४ अर्व १ करोड १७ लाख पुँजी रहेको बैंकको हकप्रद बिक्रीपछि पुँजी ७ अर्व २२ करोड पुग्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ