वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपालको आर्थिक विकासलाई तिव्र पार्न आइएमएफले सहयोग दोव्वर पार्ने

अर्थटुडे
२०७४ बैशाख ८, शुक्रबार

काठमाडौं । विश्व बैंक र अन्तर्रा्ष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालले धेरैपछि हासिल गर्न लागेको साढे ६ प्रतिशतको आर्थिक बृद्धिको प्रशंसा गरेका छन् ।
बिहिवार संयुक्त राज्य अमेरीकाको बासिंगटन डिसीमा भएको बैठकमा कोषका कार्यकारी निर्देशक एन्डिन ह्यादियान्तोले  नेपालको आर्थिक बृद्धिदर उच्च भएको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपाललगायतको टोलीलाई बधाइ दिए ।

नेपालको आर्थिक विकासलाई अझ तिब्र पार्न सहयोग गर्न आइडिए १८ अन्तर्गतको सहयोग दोब्बर गरिने जानकारीसमेत दिए । विश्व बैंकले अन्तराष्ट्रिय विकास संस्था (आइडिए) कार्यक्रम अन्तर्गत विकासउन्मुख देशहरुलाई सहयोग गर्दै आएको छ ।
यसले सन् २०१८ मा नेपालको आर्थिक बृद्धिदर उच्च पार्न सहयोग पुग्ने बैठकमा सहभागी अर्थ मन्त्रालयको अन्तराष्टिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख बैकुण्ठ अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ