वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

माहुलीको आएपीओमा १२५ गुणा बढी आवेदन

अर्थटुडे
२०७४ बैशाख १२, मंगलवार

काठमाडौं । महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको आइपीओमा १२५ गुणा बढी आवेदन परेको छ । संस्थाको आइपीओमा १ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको आवेदन परेको हो । संस्थाले वैशाख ७ गतेदेखि ११ गतेसम्ममा १०० रुपैयाँको दरले एक लाख २० हजार कित्ता सेयर अर्थात एक करोड २० लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको थियो ।

संस्थाको आइपीओको लागि आश्वाबाट आवेदन भने करिव ४५ करोडको मात्र परेको छ । बाँकी परम्परागत रुपमा नै संकलन केन्द्रबाट नै आवेदन परेको छ । संस्थाको आइपीओमा सात हजारले आवेदन दिएको संस्थाको आइपीओ विक्रि प्रबन्धक रहेको एनसीएम मर्चेन्ट बैंकिङले जनाएको छ ।

आइपीओको अन्तिम विवरण आउन बाँकी रहेको विक्रि प्रबन्धक एनसिएम मर्चेन्टले जनाएको छ । माहुलीले जारी गरेको एक लाख २० हजार कित्ता सेयरमध्ये ४ हजार ८०० कित्ता सेयर कर्मचारीलाई र ६ हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।

लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम ६०० कित्ता सेयरका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । आइपीओ बिक्रीपछि संस्थापक सेयरधनीको स्वामित्व ७० प्रतिशत र सर्वसाधारणको स्वामित्व ३० प्रतिशत हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ