वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिभिल बैंकमा मर्हजनपछि तामाङ पनि बाहिरिए, नयाँ अध्यक्षमा बोगटी

अर्थटुडे
२०७४ बैशाख १६, शनिबार

काठमाडौं । सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङले राजीनामा दिएका छन् । तामाङले सञ्चालक समिति समक्ष शुक्रबार राजीनामा दिएका हुन् । बैंक सञ्चालक समितिको शुक्रबार नै बसेको बैठकले तामाङको राजीनामा स्वीकृत गरी अर्का सञ्चालक अम्बिर बोगटीलाई अध्यक्ष बनाएको छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन–२०७३ को व्यवस्था संवैधानिक पद धारण गरेकाले व्यक्ति बैंक तथा वित्तीय संस्थाको सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत बन्न नपाउने व्यवस्था गरेको छ । उक्त ऐन कार्यान्वयनमा आएसँगै सांसद रहेका तामाङले बैंक अध्यक्ष पद छोडेका हुन् । उनी नेकपा एमालेबाट समानुपातीक कोटामा सांसद बनेका थिए ।
अर्थ समितिका सदस्य समेत रहेका तामाङलाई बाफिया आफु अनुकुल हुनेगरी संसोधन गर्न मुख्य भूमिका खेलेको आरोप लाग्दै आएको छ । बाफियामा राष्ट्र बैंकको प्रस्ताव विपरित संस्थापक सेयर साधारणमा रुपान्तरण गर्ने व्यवस्था राखेको र बैंकका अध्यक्ष तथा संचालकको कार्यकालसम्बन्धी व्यवस्था संसोधन गरिएको छ ।

यसअघि बाफियाकै कारण देखाएर प्रमुख कार्यकारी अधिकृत किशोर मर्हजनले पनि बैंकबाट राजिनामा दिएका थिए ।

त्यसैगरी बैंकको प्रमूख कार्यकारी अधिकृतमा पनि गोविन्द गुरुङ नियुक्त भएका छन् । गुरुङलाई सञ्चालक समितिले बुधबार प्रमूख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । साउन १३ गतेसम्म गुरुङ कार्याबाहक कार्यकारी अधिकृतको रुपमा काम गर्नेछन् भने साउन १३ पछि पूर्ण रुपमा कार्यकारी प्रमूखको भुमिका रहने बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ