काठमाडौं । एनएमबी बैंकले थप नयाँ साधारण सेयर (एफपीओ) जारी गर्ने भएको छ । बैंकले एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ जारी गर्ने भएको हो । बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले संस्थापक तथा साधारण सेयरधनीको हिस्सा ५१ः ४९ कायम गर्न एफपीओ जारी गर्ने निर्णय गरेको हो ।
बैंकको गत पुषमा सम्पन्न २१ औ साधारणसभाले पूँजीवृद्धि गर्न थप नयाँ साधारण सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो । बैंकले एफपीओको मूल्य सार्वजनिक गरेको छैन । बैंकले यसै साता एफपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन गर्ने र बोर्डको मापदण्ड अनुसार नै एफपीओको मूल्य निर्धारण हुने जनाएको छ ।
यसअघि नेदरल्याण्डको एफएमओ बिदेशी साझेदारले २० प्रतिशत सेयर संस्थापक किनेको थियो । विदेशी साझेदारी भित्रिएपछि बैंकले सर्वसाधारणको हिस्सा बढाउँन एफपीओ जारी गर्नु परेको हो । हाल बैंकको ६ अर्ब ४६ करोड चुक्ता पूँजी रहेको छ । बैंकले गत बर्षको खुद नाफाबाट १९ प्रतिशत बोनस वितरण गरेर पूँजी बढाएको हो ।
प्रतिक्रिया