वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्टान्डर्ड चार्टर्ड बैंकको एफपीओ बाँडफाँट ,१४० कित्तासम्मको आवेदन दिनेलाई १० कित्ता

अर्थटुडे
२०७४ बैशाख २५, सोमबार

काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकको एफपीओ बाँडफाँट भएको छ ।  सोमबार बाडिएको एफपीओमा १० कित्ता देखि माथि १४० कित्ता सम्मको सेयर आवेदन दिनेलाई गोलापप्रथाबाट जम्मा १० कित्ता परेको छ भने १५० कित्ता भर्नेको हात भने खाली गएको छैन । उनीहरुले १० कित्ता १६० कित्ताको लागि आवेदन दिनेको हातमा ११ कित्ता सेयर बाडिएको छ ।
धेरै आवेदन दिनेले क्रमशः बढी सेयर पाएका हुन् । सबैभन्दा बढी २५ हजार ५ सय ८० कित्ता आवेदन दिनेको भागमा १६३० कित्ता सेयर परेको छ ।  यसअघि शुक्रबार बाँडफाँट गर्ने अन्तिम तयारी भइरहँदा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

धितोपत्र बोर्डले शुक्रबारभित्र बाँडफाँट गरिसक्न अन्तिम समयसिमा दिएको थियो । समयमा नै सेयर बाँडफाँड नगरेको भन्दै बोर्डले स्पष्टीकरण समेत मागेको थियो । सो रकम बाँडफाँड भएपछि बजारमा करिव ३५ अर्ब तरलता प्रबाह हुने अनुमान गरिएको छ । जसले गर्दा बैंक तथा वित्तिय संस्था देखि लगानीकर्ताहरुलाई फाइदा पुग्ने छ ।

स्ट्यान्डर्ड चार्टर्ड चैत १ देखि ४ गते सम्म २५ लाख ५८ हजार १४० कित्ता एफपीओको बिक्री खुला गरेको थियो । चार्टर्डको एफपीओमा २ लाख २५ हजार भन्दा बढीले ३८ अर्ब २० करोड ९४ लाख ९३ हजार ५४० रुपैयाँ बराबरको आवेदन दिएका छन् ।

चुक्ता पुँजी बढाउनेक्रममा चार्टर्डले एफपीओ बाटो रोजेको हो । एफपीओको बिक्रीपछि चार्टर्डको चुक्ता पुँजी चार अर्ब ५७ लाख १५ हजार ३३३ रुपैयाँ भएको छ । यसैगरी, चार्टर्डको संथापक सेयरधनीहरुको सेयर स्वमित्व ७०.२१ प्रतिशत र सर्वसाधारणको २९.७९ प्रतिशत हुनेछ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७४ करोड एक लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ