वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बाणिज्य बैंकको विषेष साधारणसभाद्धारा एनआइडिसि पाप्ति गर्ने प्रस्ताव पारित

अर्थटुडे
२०७४ बैशाख २६, मंगलवार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले एनआइडीसी डेभलपमेन्ट बैंकलाई (एक्वीजिसन) प्राप्ति गर्ने भएको छ । मंगलबार बसेको बाणिज्य बैंकको विषेष साधारणसभाले एनआइडिसीलाई बाणिज्य बैंकमा एक्विजीसन गर्ने प्रस्ताव पारित गरेको हो ।
बैंक अध्यक्ष डा.रबीन्द्र प्रसाद पाण्डेले प्रस्तुत गरेको आ.व. २०७२÷०७३ को वार्षिक प्रतिवेदन पनि सो विषेष साधारणसभाले पारित गरेको छ । राष्ट्रिय वाणिज्य बैंक विश्वासनीय भएको र नेपालका बैंंकहरु मध्ये १ नम्बरको बैंक बनाउने प्रतिबद्धता ब्यक्त गरे ।

त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको समग्र वित्तीय अवस्था, वित्तीय क्षेत्र कार्यक्रम यता हासिल गरेको उपलब्धि तथा भावी योजनाको बारेमा आफ्नो धारण राखे ।

बैंकको हाल ६८ जिल्लामा १७४ वटा शाखा कार्यालय, १०६ वटा एटिएम, ८४ वटा शाखा रहित बैंकिङ्ग र ६७ वटा शाखाहरुबाट सरकारी कारोबार हुंदै आइरहेको छ । द्धन्द्धकालमा गाभिएका शाखाहरुमध्ये बैंकले हाल ५४ वटा शाखा कार्यालयहरु पुर्नस्थापना गरिसकेको छ ।

चालु आ.व.को तेस्रो तेस्रो त्रैमाससम्म बैंकले २ अर्ब ७ करोड खुद नाफा कमाएको छ । भने १ खर्व ३५ अर्व निक्षेप संकलन गरी १ खर्व १ अर्व कर्जा लगानी गरेको छ । हाल बैंकले आरबीबी मर्चेन्ट बैंकिङ कम्पनी संचालनमा ल्याएको छ भने लघुवित्त कम्पनी खोल्ने प्रक्रियामा रहेको छ ।

साधारण सभामा बैंकका शेयरधनीहरु क्रमशः नेपाल सरकारका अर्थ मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, भैतीक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग मन्त्रालय, वाणिज्य तथा आपूर्ती मन्त्रालय, उर्जा मन्त्रालय, सिंचाइ मन्त्रालयका प्रतिनीधिहरुले विभिन्न जिज्ञासा राखेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ