वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रमुख निर्वाचन आयुक्त यादव भन्छन—जेठ १५ गते नै बजेट ल्याए हुन्छ

अर्थटुडे
२०७४ बैशाख २७, बुधबार

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले सरकारले भनेपनि अब जेठ ३१ को दोस्रो चरणको निर्वाचनको मिति तलमाथि नहुने स्पष्ट पारेका छन् । उनले भने,‘आयोगले सम्पूर्ण तयारी गरिसकेको छ, जेठ ३१ गतेको निर्वाचन तलमाथि हुँदैन् ।’ साक्षात्कारमा बोल्दै यादवले जेठ ३१ गतेको दोस्रो चरणको निर्वाचनको मिति बजेट अघि नै गर्ने कुरा चलिरहेको सन्दर्भमा यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले भने,‘निर्वाचनको मिति तोक्ने, सार्ने अधिकार सरकारलाई छ, तर अहिले जेठ ३१ गतेको दोस्रो चरणको निर्वाचनको मिति तलमाथि गर्न हुँदैन, यदि मिति सारिए आयोगले निर्वाचन सक्दैन् ।’ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जेठ ३१ गतेको दोस्रो चरणको निर्वाचन बजेट अघि नै गर्नुपर्ने माँग गरेको छ नि भनेर पत्रकारले सोधेको प्रश्नमा यादवले भने,‘यसबारेमा मलाई अहिलेसम्म आधिकारिक जानकारी छैन, यस्तो कुरा सरकारबाट आउनुपर्छ, अहिलेसम्म आएकोपनि छैन।’

यादवले सरकार परिवर्तनमा निर्वाचन आयोगले हस्तक्षेप नगर्ने बताएका छन् । साथै आयोगले सरकारलाई बजेट ल्याउन नरोक्ने समेत स्पष्ट पारे । यद्धपी उनले बजेट ल्याउँदा निर्वाचन आचारसंहिता अनुकुल मात्र आउनु पर्ने बताए ।
यादवले भने,‘सरकार गठनमा प्रवेश गर्नु उपयुक्त र हाम्रो आफ्नो क्षेत्राधिकारमा पर्दैन ।’  मुलुक अहिले पनि संक्रमणकालमै रहेको भन्दै उनले अघि भने, ‘केयर टेकर सरकार भएको भए एउटा कुरा हुन्थ्यो । तर, कहिले बहुमत त कहिले अल्पमतको सरकार हुन्छ । हामी सरकार गठनमा हस्तक्षेप गर्न गयौं भने चुनाव गराउनुपर्ने मुल कामबाट विमुख हुनसक्छौं ।’ संक्रमणकाल भएको हँुदा नेपाल सरकारले हालै गरेको मन्त्रिपरिषद बिस्तारलाई सामान्य रुपमा लिनुपर्ने र निर्वाचन आयोगले यो कार्यमा ध्यान दिन जरुरी नभएको उनको भनाई थियो ।

प्रमुख आयुक्त यादवले सरकारले जेठ १५ मै बजेट ल्याउन सक्ने बताए । तर, मतदातालाई प्रभावित पार्ने नयाँ कार्यक्रम भने राख्न नपाइने उनले बताए ।

जेठ १५ मा बजेट ल्याउने संवैधानिक व्यवस्था नै रहेको भन्दै उनले भने,‘बजेट ल्याउन मिल्छ,तर, आचार संहित अनुकुल हुनुपर्छ, मतदातालाई प्रभावित पार्ने नयाँ कार्यक्रम बजेट ल्याउनु हुँदैन भनेका छौं ।’ उनले बजेट देश र जनताको लागि आवश्यक भएकोले आर्थिक रुपान्तरणमा यसको महत्व भएकोले सरकाले तोकिएकै मितिमा बजेट ल्याउन सक्ने स्पष्ट पारे ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ