वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैंकका अध्यक्षले राष्ट्र बैंकबाट सपथ लिनुपर्ने, सिभिल र माछापुच्छ्रेका अध्यक्षले लिए

अर्थटुडे
२०७४ जेष्ठ ३, बुधबार

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरुले नेपाल राष्ट्र बैंबबाट पद तथा गोपनियताको सपथ लिनुपर्ने भएको छ । ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन ०७३’ (बाफिया) को व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरूले राष्ट्र बैंकका अधिकारीहरूबाट पद तथा गोपनीयताको शपथ लिनुपर्ने भएको हो ।

बाफियाको व्यवस्था अनुसार राष्ट्र बैंकले परिपत्र जारी गरी बैंक तथा वित्तीय संस्थालाई सपथ गराउने व्यवस्थाबारे तोकिएको छ । निर्देशन अनुसार वाणिज्य बैंकका अध्यक्षले गभर्नररडेपुटी गभर्नरसमक्ष, राष्ट्रियस्तरको विकास बैंकका अध्यक्षले डेपुटी गभर्नर वा बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशकबाट, जिल्लाबाहेकका अन्य संघसंस्थाका अध्यक्षले नियमन विभागको कार्यकारी निर्देशक वा निर्देशकबाट र जिल्लास्तरीय वित्तीय संस्थाका अध्यक्षले राष्ट्र बैंकका क्षेत्रीय कार्यालय प्रमुखबाट पद तथा गोपनीयताको शपथ लिनुपर्नेछ ।

बाफियाको दफा १ सय २७ को उपदफा १ मा बैंक वा वित्तीय संस्थामा नियुक्त भएको प्रत्येक सञ्चालक, पदाधिकारी, कार्यकारी प्रमुख वा कर्मचारीले आफ्नो पदको जिम्मेवारी सुरु गर्नुअघि तोकिएको ढाँचामा पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । ‘अध्यक्षले राष्ट्र बैंकसमक्ष, सञ्चालक तथा कार्यकारी प्रमुखले अध्यक्षसमक्ष र अन्य पदाधिकारी तथा कर्मचारीले कार्यकारी प्रमुख वा निजले तोकेको पदाधिकारीसमक्ष लिनुपर्नेछ,’ बाफियामा भनिएको छ ।

बाफिया कार्यान्वयमा आएपछि सिभिल बैंकका अध्यक्ष अम्बिर बोगटी र माछापुच्छ्रे बैंकका अध्यक्ष रोशन केसीले गभर्नर चिरञ्जीवी नेपालसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । बाफिया कार्यान्वयमा आएपछि सिभिलबाट इच्छाराज तामाङ र माछापुच्छेबाट वीरेन्द्रप्रसाद महतोले राजीनामा दिएपनि नयाँ अध्यक्षको नियुक्ती भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ