काठमाडौं । आन्तरिक राजस्व विभागबाट खटिएका कर्मचारी र करदाता सेवा कार्यालयको संयुक्त टोलीले राजधानीका विभिन्न पान पसलमा अनुगमन गरेको छ । विभिन्न व्राण्डका पान मसला सूर्ती, गुट्खा, खैनी लगायतका वस्तु राजस्व नतिरी अनधिकृत तवरबाट आयात गरी बिक्री वितरण गरिरहेको सूचनाका आधारमा अनुगमन गरिएको हो । नेपालमा राजस्व तिरेर सञ्चालन गरिरहेका सूर्तिजन्य उद्योगलाई प्रत्यक्ष असर पार्ने गरी अनाधिकृत रुपमा सूर्तिजन्य पदार्थको कारोवार भएको जानकारी हुनासाथ सो नियन्त्रण गर्न तथा राजस्व चुहावट नियन्त्रण गर्न विभाग सक्रिय भएको छ ।
आन्तरिक राजस्व विभाग र अन्तर्गतका कार्यालयले राजेश पान भण्डार सुन्धारा, बालाजी कस्मेटिक एण्ड पान भण्डार भोटेवहाल, शिवम सप्लायर्स भोटेवहाल, गौरी शंकर पान पसल (वेदर्तावाल) भोटेबहाल, नववर्ष पान भण्डार आलोकनगर, कलंकी माई पान कलंकी, न्यू सन्ध्या ट्रेड कन्सर्न कुलेश्वर, रवि गुप्ता बालाजु, गुप्ता पान लगनखेल, पशुपति पान चावहिल अनुगमन गरेको हो ।
आन्तरिक राजस्व विभागबाट खटिएको टोलीलाई सूर्ती, खैनी, गुट्खा, पान मसलामा स्टीकर टा“स भए नभएको र स्वास्थ्य सम्बन्धी चेतावनीमूलक सन्देश र चित्र अंकित भए नभएको हेर्ने, नियमानुसार नभएको देखिए जफत गर्ने अधिकार प्राप्त थियो । त्यसैगरी सूर्ति, खैनीको ४ सय ग्रामको आउटर प्याकेट गुट्खा, पान मसला, माउथ फ्रेसनरको १५० ग्रामको आउटर प्याकेट नभए जफत गर्ने तथा पसलबाट छिरेर गोदामसम्म पुग्न निर्देशन दिइएको थियो । टोलीले अनुगमन गर्दा विभिन्न व्राण्डका अवैध सूर्ती, खैनी, गुट्खा तथा अवैध रुपमा भित्रिएको ब्ल्याक ब्राण्डको चुरोट समेत फेला पारी कव्जामा लिई कारवाही अगाडि बढाएको जनाएको छ ।
प्रतिक्रिया