वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारी बैंक पनि बिद्युतीय भुक्तानी प्रणालीमा आबद्ध

अर्थटुडे
२०७४ जेष्ठ ८, सोमबार

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस र राष्ट्रिय सहकारी बैंक बीच विद्युतीय भुक्तानी प्रणाली सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा राष्ट्रिय सहकारी बैंकका प्रबन्ध निर्देशक केबी उपे्रती र नेपाल क्लियरिङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले संयुक्त हस्ताक्षर गरेका छन् ।

सहकारी बैंकबाट प्रविष्ट गराइएका सम्पूर्ण कारोबारहरु बैंक अफ काठमाडौं लुम्बिनी मार्फत राफसाफ हुने व्यवस्था मिलाइएको छ । राष्ट्रिय सहकारी बैंकबाट प्रणालीमा आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा खाता भएका सदस्य सहकारी संस्थाहरुबाट सोझै भुक्तानी संकलन तथा भुक्तानी सजिलै गर्न सकिने छ ।

सहकारी बैंकले यस अघि नगद र चेकबाट हुँदै आएका कारोबारहरु समेत उक्त प्रणाली मार्फत हुने हुँदा कारोबार पारदर्शी हुने, सहजता बढ्ने र जोखिम न्यूनिकरण हुने विश्वास ले लिएको छ । प्रणालीमा हाल सम्म ७३ बैंक तथा वित्तीय संस्थाहरुसंग प्रत्यक्ष सदस्यको रुपमा र ५ अन्य कम्पनीहरुसँग अप्रत्यक्ष सदस्यको रुपमा सम्झौता गरिसकेका छन् ।
ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, फि तथा बिल भुक्तानी, प्रीमियम भुक्तानी, सरकारी भुक्तानी, ट्रेजरी भुक्तानी, तलब भुक्तानी, रेमिटेन्स भुक्तानी, ईन्स्टलमेन्ट भुक्तानी, क्रेडिट कार्डको भुक्तानी यस प्रणालीबाट हुँदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ