वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

साझाले बुभबारदेखि भक्तपुरमा बस चलाउने, नीजी बस व्यवसायीको एकाधिकार तोडियो

अर्थटुडे
२०७४ जेष्ठ ९, मंगलवार

काठमाडौं । साझा यातायातले २० वटा बसलाई  बुधबारदेखि भक्तपुरसम्म चलाउने भएको छ । सझाले बुधबारदेखि भक्तपुरको नयाँ बाटोमा बस चलाउन अनुमति पाएसम्गै आफ्नो सेवा भक्तपुरसम्म विस्तार गर्न लागेको हो ।
अब स्वयम्भूबाट कोटेश्वर सम्म चल्ने सबै बस नयाँ बाटो भक्तपुरको सुर्यविनायक सम्म चल्ने साझा यातायातले जनाएको छ ।

सूर्य्विनायकबाट कोटेश्वर हुदै फर्कनेबस माइतिघरबाट सिंहदरबार— पुतलीसडक—कमलादी — घण्टाघर—  पुरानो बसपार्क—सहीद गेट— त्रिपुरेश्वर हुदै स्वयम्भू पुग्ने छ । साझाले यातायात विभागसँग  कोटेश्वरबाट सानोठिमी— पुरानोठिमी—  भक्तपुर हुँदै कमलविनायक भएर नयाँ बाटोमार्फत फर्किने गरी रुट मागेको थियो । तर, यो रुटमा भने साझाले अनुमति पाएन ।

साझाले यातायात व्यस्था विभागमा नयाँ बाटो र पुरानो बाटोमा बस सेवा विस्तारका लागि गत चैतमा नै इजाजतको लागि आवेदन दर्ता गराएपनि विभागले २० वटा बस भक्तपुरको नयाँ बाटोमा चल्न पाउने गरी अनुमति दिएको हो ।
योसँगै भक्तपुरको पुरानो बाटोमा अब साझा नजाने पक्का भएको छ ।

यातायात ब्यवसायीको विरोधका बीच विभागले नयाँ बाटोमा साझाका बस गुडाउने निर्णय गरेको हो । तर, पुरानो बाटोमा रुट इजाजत दिनेबारेमा अध्ययन भइरहेको विभागले जनाएको छ ।

ब्यवसायीले साझालाई भक्तपुरमा प्रवेशको अनुमति दिए आन्दोलन गर्ने चेतावनी दिएका थिए । साझा बसले सेवा थालेपछि आफ्नो एकाधिकार तोडिने डरले ब्यवसायीहरु अत्ताल्लिएर विभागसमक्ष साझाको रुट इजाजत प्रक्रिया रोक्न माग गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ