काठमाडौं । चालु आर्थिक बर्षको वैशाख मसान्तसम्ममा राजस्व संकलन गत बर्षको तुलनामा २० प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको वैशाखसम्ममा एक खर्ब ८८ अर्ब ८५ करोड ७६ हजार रुपैयाँ संकलन भएको छ । तर सरकारले १ खर्व ७९ अर्व २८ करोड ४७ लाख ८७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । लक्ष्यको तुलनामा भने १०५ प्रतिशतले बढी हो ।
शिर्षकगत रूपमा आयकर तर्फ १ खर्व १ अर्व ८१ करोड ७० लाख ३६ हजार रुपैयाँ, मूल्य अभिवृद्धि कर तर्फ ४८ अर्व ३२ करोड २४ लाख ११ हजार रुपैयाँ र अन्तःशुल्क तर्फ ३७ अर्व २८ करोड ५७ लाख १६ हजार संकलन भएको अर्थमन्त्रालयको राजस्व विभागले जनाएको छ ।
सो रकम लक्ष्यको तुलनामा क्रमश १०७, १०१ र १०८ प्रतिशतले बढी हो । त्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः ६४ करोड २८ लाख ४० हजार रुपैयाँ र ७८ करोड ९६ लाख ८१ हजार रुपैयाँ संकलन भएको छ ।
चालु आर्थिक वर्ष २०७३÷७४ को वार्षिक लक्ष्य २ खर्व ३३ अर्व ६० करोड १५ लाख १७ हजार समेत पूरा हुने गरी कार्य सम्पादन भइरहेको अर्थमन्त्रालयले जानकारी दिएको छ ।
प्रतिक्रिया